arrow

बहादुरसिंह कार्यवाहक मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
bahadur-sing-lama.jpg

मकवानपुर । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । 

मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

 लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लागेको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ