arrow

तिहार अघिनै कोशीमा सरकारले पूर्णता पाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
kedar-karki-province-1.jpg

मोरङ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताएका छन् । 

प्रदेशसभामा बिहीबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताए । उनले वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने बताए । 

उनले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ