arrow

मोदी र पुटिनबीच छिट्टै शिखर वार्ताको सम्भावना – भारतीय राजदूत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
modi-putin1.jpg
तस्बिर – फाइल ।

मास्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षको अन्त्यसम्ममा शिखर वार्ता हुने सम्भावना रहेको मास्कोका लागि भारतीय राजदूतलाई उद्धृत गर्दै रुसी समाचार संस्था आरआईएले जनाएको छ ।

“यो विषयमा छलफल भइरहेको छ’, मास्कोका लागि भारतीय राजदूत पवन कपुरले भने, “उच्च स्तरमा छलफल भइरहेको छ ।” आरआईए नोभोस्ती, जसलाई आरआईएएन वा आरआईए पनि भनिन्छ, एक रूसी सरकारी स्वामित्वको राष्ट्रिय समाचार संस्था हो । 

आरआईए नोभोस्तीका अनुसार भारतीय कुटनीतिज्ञले अन्य कुनै विवरण भने दिएका छैनन् । गत हप्ता एक कार्यक्रममा बोल्दै पुटिनले भारतलाई ‘शक्तिशाली देश’ को संज्ञा दिएका थिए । 

कपुरले भने, “भारतमा एक अर्ब ५० करोड भन्दा बढी जनसंख्या भएर पनि सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुनुले भारतलाई सक्षम र शक्तिशाली देशका रूपमा चिन्नुपर्छ ।” 

गत सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति सहभागी नभई विदेशमन्त्री सेर्गेइ लाभरोभले रूसको प्रतिनिधित्व गरेका थिए । 

सन् २०२२ को सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनको २२ औँ बैठकका क्रममा दुई नेताबीच अन्तिम भेट भएको थियो । 

समरखण्ड बैठकमा प्रधानमन्त्री मोदीले पुटिनलाई युक्रेनसँग जारी रूसको द्वन्द्व अन्त्य गर्न आग्रह गर्दै भने, “मलाई थाहा छ आजको युग युद्धको युग होइन ।”  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ