arrow

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
kedar-karki-2080-07-01v.jpg

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् । 

उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरे । कोशी प्रदेशसभा ९३ सदस्यीय रहेको छ । उनलाई ६ सिटको राप्रपाबाहेक दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।  राप्रपाले विपक्षमा मतदान गर्ने भएको छ । 

जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिने राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । दलीय आधारमा उक्त प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ