arrow

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । सत्तारुढ गठबन्धनबाट विद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आह्वान गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको तीन दिनपछि नै विश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् । 

राप्रपा भने तटस्थ बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ