arrow

प्रभु शाहकी पत्नी मौलापुरकी मेयर रिनाकुमारी पदमुक्त

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० असोज ३० मंगलबार
maulapur-mayor-rina.jpg

रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह पदमुक्त भएकी छिन् । राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ को नियम २२ बमोजिम निर्वाचन आयोगले पदमुक्त गरेको हो । 

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् । उनी पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । 

साहले गत मंसिरमा भएको संसदीय निर्वानमा एमाले परित्याग गरी आम जनता पार्टी खोलेपछि मेयर साह आजपामा गएकी थिइन् । नेकपा एमालेले उनलाई कारबाही गर्दै पदमुक्त गर्न निर्वाचन आयोगमा पत्राचार गरेका कारण उनि पदमुक्त भएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ