arrow

दीपकराज गिरीले ओलीलाई भने- म भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
deepakraj-oli.jpg

काठमाडौं । अभिनेता दीपकराज गिरीले आफू भन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएकव बताएका छन् ।  

उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए ।

उनले भने, ‘धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उनका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, म भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ