arrow

मदनकृष्ण र हरिवंश मलाई औधी मन पर्छ : ओली

नौरथा लागेको बेला सरकारमाथि कमेन्ट गर्नु छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
kp-oli-congress-kutai.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई औधी मन पर्ने बताएका छन् । सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए । उनले भने, ‘अलिकति उभिने वरिपरि हेर्न समय छैन भने त्यो के जिन्दगी । जिन्दगीका एउटा मात्रै आयाम हुँदैनन् । जिन्दगीको एउटा मात्रै रङ हुँदैनन्, अनेक हुन्छन् । जिन्दगी राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । रमाउनु पनि हो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधी मन पर्छ । कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्ब गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन् । सेन्सर चाहिँदै चाहिँदैन भन्ने पनि होइन । सेन्सर चाहिन्छ तर हातमा कैँची छ भनेर जथाभाबी चलाउनु हुँदैन ।’

उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए । उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए ।

उनले भने, ‘सरकारको बारेमा मलाई अहिले कमेन्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ