arrow

ओलीको मिसन : टार्गेट २०८४, एकल बहुमतको सरकार [भिडियो]

गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
kp-oli-2080-06-29.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् ।  

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए । 

उनले भने, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार । एकल बहुमतको सरकार कम्ती भनेको हामीले, यो नहुने भन्ने कुरै छैन । 

उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्त्व सलबलाइरहेको बताए । उनले आफूलाई अद्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ