arrow

पच्चीस वर्षे युवतीमाथि सामूहिक बलात्कार गर्ने चालकसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
crime-final-everytime-use.jpg

विराटनगर । मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो । 

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।  

अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बहानामा उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ