arrow

मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेलाई समेटेर मन्त्रिमण्डल विस्तार

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २८ आइतबार
kedar-karki-oath-2080-06-28.jpg

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

कार्कीलाई कांग्रेसका ८ तथा एमालेका ३९ सांसदले हस्ताक्षर सनाखत गरेर मुख्यमन्त्री बनाएका थिए । सोही आधारमा केन्द्रको गठबन्धनलाई बेवास्ता गर्दै मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी बनाएका छन् । 

उनीसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । एमालेबाट राम राई र कांग्रेसबाट शमशेर राई मन्त्री बनेका छन् । उनीहरुलाई अहिले मन्त्रालय तोकिएको छैन । उनीहरुलाई बिना विभागीय मन्त्री बनाइएको छ । 

राना र राई दुवै इलामका हुन् । 

केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच गठबन्धन नटुक्रयाउने सहमति भए पनि कोशीमा आफूलाई सघाएको एमालेलाई सरकारमा सहभागी गराएका छन् । 

केन्द्रमा सहमति गरे पनि कार्कीका पक्षमा सनाखत गर्न कांग्रेसकै बाँकी सांसदसमेत नगएकाले त्यो सहमतिको कुनै अर्थ नरहेको स्पष्टै हुन्छ । 

कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माको पहलमा कोशीमा एमालेले कांग्रेसको विद्रोही पक्ष अर्थात् शेखर कोइराला पक्षलाई समर्थन गरेको हो ।  

कार्की मुख्यमन्त्री बनेपछि काठमाडौँ गएर शीर्ष नेताहरुलाई भेटेर फर्केका हुन् । शपथ लिएर पुनः काठमाडौँ जानेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ