- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले एसीसी यू– १९ प्रिमियर कप क्रिकेटमा बहराइनलाई सजिलै हराएको छ । नेपालले ७ विकेटले सहजै पराजित गरेको हो ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन ७७ रनमा अलआउट हुन पुग्यो । ९.५ ओभर बलिङ गरेका दीपेश कँडेलले ४ रन खर्चेर ६ विकेट लिएपछि बहराइन ३७.५ ओभरमा केवल ७७ रनमै अलआउट भयो । दिपेशले फालेका ५९ बलमध्ये ५७ बल डट रहेको थियो । मात्र दुई बलमा ४ रन दिएका थिए ।
बहराइनका मोहम्मद बासिल अब्दुलले ७७ बल खेलेर ३४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
दुर्गेश गुप्ताले २२ रन दिएर ४ विकेट लिए ।
७८ रनको चुनौती नेपालले ३ विकेट गुमाएर ११.४ ओभरमै पूरा गर्यो । अर्जुन कुमाल तथा कप्तान देव खनालले समान ३२ रन बनाए ।
यो जितपछि नेपाल प्रिमियर कपको सेमिफाइनलनजिक पुगेको छ । नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै चार अंक बटुल्दै टेवलमा शीर्ष स्थानमा छ ।
आफ्नो पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ ।