arrow

दिपेशको जादूमयी बलिङले बहराइनविरुद्ध नेपालको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
u19-nepal-2080-06-28.jpeg

काठमाडौँ । नेपालले एसीसी यू– १९ प्रिमियर कप क्रिकेटमा बहराइनलाई सजिलै हराएको छ । नेपालले ७ विकेटले सहजै पराजित गरेको हो । 

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन ७७ रनमा अलआउट हुन पुग्यो । ९.५ ओभर बलिङ गरेका दीपेश कँडेलले ४ रन खर्चेर ६ विकेट लिएपछि बहराइन ३७.५ ओभरमा केवल ७७ रनमै अलआउट भयो । दिपेशले फालेका ५९ बलमध्ये ५७ बल डट रहेको थियो । मात्र दुई बलमा ४ रन दिएका थिए । 

बहराइनका मोहम्मद बासिल अब्दुलले ७७ बल खेलेर ३४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

दुर्गेश गुप्ताले २२ रन दिएर ४ विकेट लिए । 

७८ रनको चुनौती नेपालले ३ विकेट गुमाएर ११.४ ओभरमै पूरा गर्‍यो । अर्जुन कुमाल तथा कप्तान देव खनालले समान ३२ रन बनाए । 

यो जितपछि नेपाल प्रिमियर कपको सेमिफाइनलनजिक पुगेको छ । नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै चार अंक बटुल्दै टेवलमा शीर्ष स्थानमा छ । 

आफ्नो पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

लिग चरणको अन्तिम खेलमा नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ