arrow

कांग्रेसको समीकरणमा गडबडी

केदार कार्की मुख्यमन्त्री भएपछि उद्धव थापाले दिए संसदीय दलको नेताबाट राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
uddav-thapa-kedar-karki.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी पेश गर्दै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि कांग्रेस भित्रको राजनीतिक गडबडी जारी रहेको छ ।  

नेकपा एमालेको समर्थनमा डा. शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । 

उनी यसअघि दुई–दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवैपटक बर्खास्त गरेको थियो ।  

सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टीका कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ ।

प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ