arrow

म के भएँ

logo
कविता गौतम,
प्रकाशित २०८० असोज २७ शनिबार
kabita-gautam-2080-06-27.jpg

मट्याङ्ग्राको चोट खाइ आकाशमा उडेको चरी जस्तै भएँ
बेताल बसन्तमा हिलो निम्त्याउने झरी जस्तै भएँ 

माछा मार्न प्रयोग त्यो बल्छीको आहारा जस्तै भएँ
बुढेसकालमा चाहिने लाठीको सहारा जस्तै भएँ

बत्तीको उज्यालोमा आकर्षित पुतली जस्तै भएँ
गुन्द्री सक्किएपछि बाँकी रहने सुत्ली जस्तै भएँ

खै म के भए के

दुःखमा सबैलाई चाहिने खुशीको आवास जस्तै भएँ 
सास चल्दै गरेको, दोबाटोमा भौतारिने लास जस्तै भएँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ