arrow

अदालतले दुई वर्ष पुराना मुद्दा चालु आवमै फर्छ्यौट गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
kathmandu-district-court-kathmandu-jilla-adalat.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फर्छ्यौट गर्ने भएको छ । 

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्छ्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्छ्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए । 

उक्त अदालतमा दुई वर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ