arrow

निर्माण कम्पनीको लापरबाही विरुद्ध चक्काजाम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
rautahat-chakka-jam1.jpg

रौतहट । रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध व्यापारी आन्दोलनमा उत्रिएका छन् । 

आश्रय निर्माण सेवा प्रालिले निर्माण थालेको चन्द्रनिगाहपुर - गौर सडक विस्तारको काममा निर्माण कम्पनीको लापरबाहीले ढिलासुस्ती गरेको भन्दै जिल्लाको चन्द्रनिगाहपुर - गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय व्यापारीहरूले सडक अवरुद्ध गरेका छन् ।

निर्माण कम्पनी आश्रय निर्माण सेवाका कारण स्थानीय व्यापारीहरूले चरम सास्ती खेप्नुपरेको भन्दै आक्रोशित बनेका व्यापारीले सडक अवरुद्ध गरेका हुन् । 

निर्माण कम्पनीले सडकमा निर्माण सामाग्री थुपारेर राख्दा दुर्घटनाको जोखिम सँगै सो बाटो प्रयोग गरेर हिँड्ने सवारीको धुलोले व्यापार व्यवसायमा समेत प्रभाव परेको स्थानीय व्यापारी दिवाकर सापकोटाले बताए । 

सडकको दायाँ बायाँ खनिएको खाडल नपुर्दा पानी जमेर उपभोक्ता एवं व्यापारीले कष्ट भोग्दै आइरहेको सापकोटाले बताए ।

सडक विभाग लगायतका सरोकारवाला निकायको हेलचेक्राईको कारण निर्माण कार्यमा ढिलासुस्ती भएको व्यापारीहरूको आरोप छ । 

बाटोमा अहिले जाम हुने गरेको छ भने धुलोले गर्दा यात्रा गर्नै मुस्किल हुने गरेको स्थानीय बासिन्दाले बताउँदै आउँदा पनि नगरपालिकाले यस विषयमा त्यति चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ