arrow

कोशी सरकारबारे निर्णय लिन राप्रपा बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
rpp-2080-06-26.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठक बसेको छ । कोशी सरकार गठनको विषयलाई लिएर राप्रपा पदाधिकारीको आकस्मिक बैठक शुरु भएको हो । 

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्ने लगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको हो । कोशी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका डा.शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो दाबी प्रस्तुत गरेका छन् । 

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कूल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् । 

आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुईमध्ये एक जनालाई नियुक्त गर्दैछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ