arrow

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
modi-putin1.jpg

काठमाडौं ।  भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएको छ । 

“यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्”, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ ।

 यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगर्नुभएको पनि आरआइए नोभोस्तले बताएको छ । 

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएको थियो । 

“एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ”, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन् । 

गत सेप्टेम्बर ९-१० मा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी हुनुभएको थिएन । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्वगरेको थियो । 

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्गठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । 

सो क्रममा प्रधानमन्त्री मोदीले “मलाई थाहा छ आजको युग युद्धको होइन” भन्दै युक्रेनसँगको रुसको जारी युद्ध अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ