arrow

वाटर फाउन्टेनमा मृत भेटिए सत्यम

logo
युवराज रेग्मी,
प्रकाशित २०८० असोज २२ सोमबार
children-park-water.jpg

झापा । झापाको गौरादहमा बालबालिकालाई आकर्षण गर्न बनाइएको पार्कको वाटर फाउन्टेनमा एक बालक मृत भेटिएका छन् । 

मृत्यु हुनेमा गौरादह नगरपालिका वडा न १ बजार निवासी अन्दाजी १३ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।
 
लायन्स क्लब अफ गौरादहले निर्माण गरेको गौरादह नगरपालिका वडा न. २ स्थित चिल्ड्रेन पार्कको फाउन्टेनमा आज बिहान उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

साथीहरूसँग खेल्न जाने क्रममा उक्त पार्क स्थलको सो फाउन्टेनमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको भएता पनि मृत्युको कारण भने हाल यकिन भई नसकेको स्थानीयले बताए ।

 हाल मृतक बालकको सबलाई प्रहरीले घटनास्थल बाट बाहिर निकालिसकेको र घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ