arrow

दुर्गम गाउँमा प्रसूति गृह

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८० असोज २१ आइतबार
mugu-birthing-center.JPG

मुगु । सुन्दै अचम्म लाग्ने होइन त एउटी आमा १६ पटक सुत्केरी हुनु भनेको चानचुने कुरा होइन । बाम गाउँ की ७० वर्षीया बदमकला बुढा आफू सुत्केरी हुँदाको पिडा सुनाउँदै भन्छिन् म १६ पटक सुत्केरी भए तर ५ बच्चाहरू मात्र बाँचे यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भई दिएका भए मेरा सबै सन्तान बाच्थे होलान् । उनी सम्झँदै भन्छिन् त्यो बेला हामीले राम्रोसँग खान र बस्न पाएनौ हिँड्दा हिँड्दै, काम गर्दा गदै कति चोटि सुत्केरी भयौ कति पिडा भोग्यौ भनेर साध्य छैन ।

जिल्ला सदरमुकाम गमगढीबाट नजिकै रहेका तर सदरमुकाम कै दुर्गम गाउँले परिचित छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँमा प्रसूति गृह बनेपछि खुशी हुँदै आफुले बितेका दिनहरूमा सुत्केरी हुँदा भोगेका दुख सुनाउँदै बाम गाउँकी स्थानीय बदमकला बुढा आफ्ना पिडा सुनाएकी हुन् ।

गुड नेवर्स ईन्टरनेशल, कोरियाली सहयोग नियोग(कोईका)को आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा र वडा नं १४ बाम गाउँहरुमा प्रसूति गृहहरू बनेपछि स्थानीयहरू खुशी भएका छन् ।

सोही गाउँका ६५ वर्षीया चन्द्र बहादुर बढुवाल पनि आफू छिटो जन्मेकोमा पछुतो लागेको बताउँछन् । उनी भन्छन् घरमा श्रीमती सुत्केरी हुँदा धेरै पटक आफ्ना बालबच्चाको मृत्यु भएको र श्रीमती मरेर बाचिन् । रगत धेरै बग्यो बल्ल बल्ल बची अहिले भएको भए सबै सुविधा पाइने रहेछ त्यसैले आफूलाई पछुतो लागेको उनी सुनाउँछन् ।

वडा नं ११ रोवा गाउँकी विनसरा बुढा गाउँमा गर्भवती भए र प्रसव पिडा लागे महिला दिदी बहिनीहरू सहेर बन्थिन भनौँ अस्पताल कसरी जाने टाढा छ, घरकाले दुख पाउने त्यसैले जति पिडा भए पनि गाउँ मै सुत्केरी हुन्थे । रगत बगेर, बच्चा उल्टो बसेर, सालनाल हुन नसकेर कति आमा र बच्चाको मृत्यु भयो यकिन छैन, गर्भवती देखि सुत्केरी हुँदा सम्मका पिडा सम्झने हो भने महिला भएर कुनै पनि जुक र जुनीमा जन्मनु नपरोस् जस्तो लाथ्यो भन्छिन् । 

रोवा प्रसूति गृहका जग्गादाता राम बहादुर बुढा आफ्नी श्रीमती सुत्केरी हुँदा साहै पिडा भएको र गाउँमा सुत्केरी हुन नसकेर कयौँ आमा र बच्चा मर्दा भोगेको पिडा अब आफ्ना गाउँ की महिलाहरूले भोग्नु नपरोस् र सुरक्षित गर्भ जाँच तथा सुत्केरी गाउँ मै होस भनेर प्रसूति गृह बनाउन आफुले जग्गा निःशुल्क दिएको बताउँछन् । 

कोरियाली सहयोग नियोग काईका, गुडनेर्वस ईन्टरनेशनल, आमा तथा बाल स्वास्थ्य कार्यक्रम मुगु की प्रोजेक्ट म्यानेजर मिस लैला मुगु जस्तो विकट जिल्लामा शिक्षामा काम गदै गर्दा सुविधा सम्पन्न अस्पताल नपाएर कयौँ मुगालहरुले दुख पाएको देखेर पहिलो फेजमा जिल्ला अस्पतालका भौतिक संरचनाहरू बनाएको र मेसिन औजार सहयोग गरेकोले सुनाउँछिन् । 

उनी भन्छिन् मुगुका विकट गाउँहरुमा आफू घुम्दै गर्दा सालनाल नभएर, बच्चा अड्किएर, उल्टो बसेर, रक्त श्राप भएर महिला तथा बच्चाहरू कयौँको अकालमा ज्यान गएको देख्दा मन कटक्कै काटिथ्यो । त्यो बेला सोच्थे गाउँ मै ठुलो चिकित्सकीय सेवा नभए पनि सामान्य जटिल अवस्थाको प्रसूति र गर्भ जाँच सेवा दिन सक्ने प्रसूति गृह बनाउन सके कयौँ आमा र बच्चा बचाउन सकिन्थ्यो । यो विषयमा कोईका र गुडनेवर्ससंग किन कुरा नगर्ने सोचे र कुरा गर्दा सहजै सहमति जुटेकाले मुगुमा आमा तथा बाल स्वास्थ्य कार्यक्रम शुरु गर्न सकियो । 

प्रसूति गृहमा सुत्केरी मात्र नभएर गर्भ अघिका चेकजाँच सेवा लिन र नवजात शिशुलाई नियमित खोप लगाउन सहज होस र समय मै गुणस्तरीय प्रसूति सेवा मार्फत आमा तथा बालबालिकाको प्रसूति हुँदा हुने मृत्यु घटाउन आमा तथा बाल स्वास्थ्य कार्यक्रम अन्तरगत छायाँनाथ रारा नगरपालिका भित्रका बाम, रोवा र कोटिल्ला गाउँमा प्रसूति गृह बनाएको जसमा निर्माण सम्पन्न भएका बाम र रोवा प्रसूति गृहहरू छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरिसकिएको र कोटिल्लाको निर्माणाधीन रहेको गुड नेवर्स ईन्टरनेशल मुगु परियोजना संयोजक खेम बहादुर रोकायाले जानकारी गराए। 

बनेका प्रसूति गृह, निर्माणाधीन प्रसूति गृह र उपलब्ध गरिएका प्रसूति गृहका सामान, मेसिन औजारहरू नेपाल सरकारको आमा निर्देशिकाले प्रसूति गृहका लागी तोकेको मापदण्ड अनुसारका भएको पनि संयोजक रोकायाले बताए । तीन वटै प्रसूति गृह निर्माणमा १ करोड ९३ लाख र वथिङ्ग सेन्टर ईकोमेण्टमा २१ लाख खर्च भएको बताइएको छ ।

साझेदारी संस्था किडार्क नेपाल मुगु कार्यक्रम संयोजक टेक बहादुर शाही कोईका र गुडनेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र आफ्नो संस्थाको साझेदारीमा मुगुमा आमा तथा बाल स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको, सोही कार्यक्रमको लक्ष्य सुरक्षित प्रसूति सेवा र आमा तथा बालबालिका स्वास्थ्यमा सुधार र मातृ तथा शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालनमा रहेको बताउँछन् । 

उनका अनुसार समुदायलाई आमा तथा बाल स्वास्थ्य र सुरक्षित प्रसूति बारे बुझाउने देउडा खेलाउने, सडक नाटक गर्ने, विद्यालय शिक्षा तथा विभिन्न प्रतियोगिता गराउने देखि महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरि नियमित आमा तथा बच्चाको स्वास्थ्य चेकअप, नियमित खोप, प्रसूति पूर्वका गर्भ चेक, पौष्टिक खानपान र स्याहार बारे बुझाउन चेक गर्न घरघरमा भेटघाट गर्ने गदै आएको र पढेलेखेकाहरूले सहजै बुझुन् भनेर मर्यादित महिनावारी, गणस्तरिय प्रसूति तथा आमा र बालबालिका स्वास्थ्य बारे जानकारी मूलक बो्रसर प्रकाशन गरि गाउँटोल र विद्यालयमा वितरण गरिँदै आएको छ ।

वडा नं ११ का वडा अध्यक्ष कुन्जुमा कुमाईं सदरमुकाम देखि दूर दराजमा रहेका गाउँमा दातृ निकायहरूले प्रसूति गृह बनाएका होइनन् आमा र बच्चा बचाउन भगवान् राखेको भन्छिन् । हामीले गाउँमा समय मै उपचार र चेकजाँच नपाएर आमा र बच्चाहरू अकाल मै मर्ने गरेका छन् प्रसूति घर बनाई दिन कति चोटि सरकारी तथा गैरसरकारी निकायलाई गुहारियौ तर कहिल्यै सुनवाइ भएन तर काईका नेपाल र गुडनेवर्स ईन्टरनेशनलले हाम्रो पिडा देख्नु भयो प्रसूति गृहले प्रत्यक्ष आमा तथा बालबालिका लाभान्वित भए पनि यो घर स्थापनाले गाउँलेहरुको आर्थिक बचत, समय बचत हुनुले गाउँका सबै लाभिन्नत भएका छौ । भवन त बन्यो भवन स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण भएको छ औषधी, जनशक्ति गुणस्तरीय सेवामा अव नगरपालिकाले ध्यान देओस् भन्छिन् ।

निर्माण सम्पन्न भएका प्रसूति गृहहरू गुड नेवर्स ईन्टरनेशलले छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरेको छ । हस्तान्तरित प्रसूति गृह बामको भवन बुझ्दै नगर प्रमुख विष्णु कुमार भामले आफ्नो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको र दातृ निकाय तथा गैर सरकारी सङ्घ सस्ताहरूलाई सुगम भन्दा दुर्गम गाउँ बस्तीहरूमा काम गर्न आफुले अनुमति दिने गरेको र सोही अनुसार नै नगरपालिको दुर्गम गाउँ बाममा प्रसूति गृह बनेको बताए। उनीले प्रसूति गृहबाट गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक स्वास्थ्यकर्मी, औषधी, प्रशासनिक खर्च, घेरावरको व्यवस्था नगरपालिकाले गर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ