arrow

ऋण काढेर दशैँ नमनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
kp-oli-uml-meet.jpg

काठमाडौँ ।  ऋण काढेर दशैँ नमनाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । 

शनिबार एक कार्यक्रममा ओलीले अध्यक्ष ओलीले ऋण बोकेर चाड नमनाउन आग्रह गरेका हुन् । 

अझै पनि केही मानिसलाई ऋण बोकेर दशैँ मनाउने गरेको उनले बताए । 

उनले दशैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे ।

ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा समाजलाई हानी पुर्‍याउने अश्लील, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ