arrow

मधेसको मन्त्रिमण्डल पुनः गठन 

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज १९ शुक्रबार
suritakumari-sah-madhes.jpg

धनुषा । मधेस प्रदेशमा जिम्मेवारीविहीन मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि जिम्मेवारीविहीन रहेकी विना विभागीय मन्त्री साहलाई खेलकुद तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

महोत्तरीबाट निर्दलीय प्रदेश सांसदमा निर्वाचित भएकी साह सर्तसहित जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेलगत्तै उनलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

तर केही महिना नबित्दै उनलाई विना विभागीय मन्त्री बनाएर मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहीन बनाइएको थियो । 

उनी मन्त्री बन्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवप्रति निकै असन्तुष्ट रहँदै लबिङ गर्दै आएकी थिइन् ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय स्थापना गरिएको छ ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समा कल्याण मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरिएको छ । जनमत पार्टीबाट मन्त्री रहेका महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले बताए । 

तर मन्त्री यादव मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएको प्रति आपत्ति जनाएका छन् ।

मधेस प्रदेशमा १३ वटा मन्त्रालय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ