arrow

काठमाडौँ विश्वविद्यालय हल्ट प्राइजको आवेदन खुला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
kathmandu-university.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले  हल्ट प्राइज २०८० का लागि आवेदन खुलाएको छ । सन् २०१६ देखि विश्वविद्यालयले शुरु गरेको यो पुरस्कार विद्यार्थीद्वारा संचालित सामाजिक उद्यमशीलता प्रतियोगिताहरूमध्ये एक हो जहाँ विद्यार्थीहरूले एउटा महत्वपूर्ण मुद्दा समाधान गर्न प्रतिस्पर्धा हुने गर्दछ । 

यस वर्षको लागि तयार गरिएको विषय वस्तु ‘असीमित प्रभाव’ रहेको छ । प्रतिस्पर्धाका लागि सबै विश्वविद्यालयका विद्यार्थीहरूका लागि खला भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । 

यस कार्यक्रमलाई भव्य बनाउनका लागि आयोजकहरुले पाँच महिना काम गर्नेछन् । यो कार्यक्रम संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एसडीजी) मध्ये कम्तीमा एउटासँग पङ्क्तिबद्ध छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ