arrow

उनीहरूको मन भतभत पोल्यो, खपी नसक्नु भयो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
kp-oli-congress-kutai.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू एमालेसँग लड्न नसकेको बताएका छन्।  बिहीबार पार्टी कार्यालय मा  उनले यस्तो बताएका हुन्। उनले आफूले बुधवार संसद्मा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भतभति पोलिरहेको बताए ।

उनले एमालेको विरोध गर्न गिरिबन्धु टी स्टेट भने पनि गिरिबन्धु टी स्टेटको छानबिन गर्न चुनौती दिए ।   'हिजो मैले पाल्र्यामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भताभत पोल्यो, खपी नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गरिबीबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसद्मा ।' उनले भने ।

उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरू मुसिने दाबी गरे। उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।

उनले भने ‘ सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैङ्कसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरूसँग । त्यसको जवाफमा गिरिबन्धु टी स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरूले त्यही भनेको होला । गिरबन्धु टी स्टेट, यति, औम्नी भन । ती सबै कुरा उनीहरूले गराएका छन् । कमिसनको चक्र उनीहरूले चलाएका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ