arrow

ओलीको कुरा सुन्दा सुनूँ सुनूँ जस्तो लाग्ने तर सारमा कटाक्ष बाहेक केही पनि नहुने [भिडियो] 

देव दूत जस्तो गरि उपदेश दिने बानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
devendra-poudel-2080.jpg

काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीको कुरा सुन्दा सुनूँ सुनूँ जस्तो लाग्ने तर सारमा कटाक्ष बाहेक केही पनि नहुने गरेको बताएका छन् । 

 संसद्मा गरेको सम्बोधनपछि बोल्दै पौडेलले संसद्मा ओलीको सम्बोधन आक्रोश बाहेक केही नहुने गरेको बताएका हुन् ।  उनले ओलीले भगवान्ले पठाएको देव दूत जस्तो गरि उपदेश दिने गरेको समेत सुनाए । उनले भने,' वहाँले भगवान्ले पठाएको देव दूत जस्तो गरि उपदेश दिनुहुन्छ  यो निरन्तरताको शैली बाहेक अरू केही पनि होइन ।'

ओलीले यो देशमा मैले मात्र गरेर को छु जेल खाको छु नेल खाको छु अरू कसैको भूमिका छैन अरूले विकासका काम पनि गर्न सक्दैनन् भन्ने गरेको  पौडेलको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ