arrow

भारतसँग नेपाल पराजित भएपछि ओलीले भने- मात्र २३ रनको फरक !

कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
cricket-team-nepal.JPG

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको क्षमता बढेको बताएका छन् । 

चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतसँग नेपाल २३ रनले पराजित भएपछि ओलीले यस्तो लेखेका हुन् ।

ओलीले कोसिस गर्नेको एक दिन अवश्य जित हुने बताएका छन् ।  

उनले लेखेका छन् ,'मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ। कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।'

ओलीको कमेन्ट मा लेखनाथ न्यौपानेले लेखेका छन्,' पहिले युएई तगारो हुन्थ्यो र अहिले नेपालसँग म्याच नपरे हुन्थ्यो भन्ने स्थितिमा छ। अब भारत तगारो बन्न पुगेको छ। प्रयास जारी छ जित अवश्य हुनेछ।'

आजको खेलमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ