arrow

पूर्व राष्ट्रपति यादव पश्चिम नवलपरासीमा, वीपीको सालिक अनावरण गर्दै

logo
रवीन्द्र यादव,
प्रकाशित २०८० असोज १५ सोमबार
rambaran-yadhav.jpg

पश्चिम नवलपरासी । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव पश्चिम नवलपरासीमा रहेका छन् । 

वीपी कोइरालाको अर्धकद मूर्तिको अनावरण गर्न पूर्व राष्ट्रपति यादव हिजो नै पश्चिम नवलपरासी आइपुगेका हुन् । 

आज पूर्व राष्ट्रपति यादवले प्रतापपुर गाउँपालिका द्वारा वडा नं ७ गुठी सुर्यपुरा चोकमा निर्मित वीपी कोइरालाको अर्धकद मूर्तिको अनावरण गर्दै छन् । 

पूर्व राष्ट्रपति यादवले आज १० बजे गुठी सुर्यपुरा स्थित एक कार्यक्रमका बीच उक्त सालिक अनावरण गर्ने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

११० औँ वीपी जयन्तीको अवसरमा उक्त सालिक अनावरण कार्यक्रम राखिएका भए पनि पूर्व राष्ट्रपति अस्वस्थ भई अस्पताल भर्ना भएका कारण २४ र २९ गतेको कार्यक्रम स्थगित गरिएको थियो ।

यादवको हिजो सुस्ता गाउँपालिका वडा नं ३ स्थित एक गेस्ट हाउसमा बसेका थिए । राष्ट्रपति आज नै काठमाडौँ फर्किने गाउँपालिकाले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ