arrow

क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षकको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
cricket-dipendra-shing-police-congratulation.jpg
तस्बिर : नेपाल प्रहरी

काठमाडौँ। नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दीपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बधाई दिएका छन्। ऐरीले चीनमा भइरहेको १९औँ एसियन खेलअन्तर्गत टी२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई दिएका हुन्।

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्ध शतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।

चीनमा भइरहेको १९औँ एसियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ