arrow

राष्ट्रिय एकता अभियानको युवा विभागद्वारा दोस्रो युवा सम्मेलन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
yekta-campaing-youth-meeting.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागद्वारा शनिवार काठमाडौँमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ। राष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाडौँमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ। सङ्घीय हिन्दू गणतन्त्र स्थापनार्थ आयोजित युवा सम्मेलन युवा विभागका संयोजक दिवस पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एवम् अभियानका केन्द्रीय संयोजक विनय यादव, विशिष्ट अतिथि अभियानका वरिष्ठ नेता बिपी यादव, अभियानका महासचिव डा. प्रभात कुशवाहा, केन्द्रीय सदस्य चन्द्र यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि यादवले न विधर्मीहरूले नेपालबाट सनातन संस्कृति समाप्त गरी देशलाई गुलाम बनाउने चलखेलमा लागेकोले हिन्दू समाज सङ्गठित भई त्यसको प्रतिरोध गर्नु पर्ने बताए, मलंगवामा भएको हिन्दूमाथि को आक्रमणमा परि घाइतेको इलाज राज्यले गराउनु पर्ने माग गरेका छन्।

अब संविधान संशोधन गरी जनताको इच्छा विपरीत लादिएको धर्मनिरपेक्ष हटाएर, राज्यलाई सङ्घीय लोकतान्त्रिक हिन्दू गणतन्त्र बनाउनु पर्ने बताए।

यसै गरी, महिला विभाग प्रमुख रिता साह, बागमती प्रदेश इन्चार्ज शिशिर रंजीतकार, मधेस सम्पर्क समितिका संयोजक विनोद सिंह, प्रशिक्षण विभाग संयोजक उमेश सिंह, प्राध्यापकद्वय विजय महासेठ र कुञ्जीलाल यादव, जयनारायण यादवलगायतले सम्मेलनमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रम सञ्चालन राकेश सिंहले गरेका थिए भने राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पू यादव र अभियानका केन्द्रीय सदस्य सूजन यादवले सहजीकरण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ