arrow

एमाले प्रदेश अधिवेशन

ओलीलाई सहयोगीले नै दिए चुनौती : नेतृत्वका लागि भिडन्त

ओलीसँग सहयोगी कार्यकर्ताको भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
kp-sharma-oli-2080-06-08.jpg

काठमाडौं । नेकपा एमालेले भदौको तेस्रो सातादेखि शुरु गरेको प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनलाई सहयोग गर्ने कार्यकर्ताहरुबीच नै नेतृत्वका लागि भिडन्त भएको छ । अधिवेशन सम्पन्न भएका दुई प्रदेश र अधिवेशन शुरु भएका दुई प्रदेशलाई हेर्ने हो भने विगतमा ओलीलाई सहयोग गर्नेहरू नै अपसामा नेतृत्वका लागि भिडन्त गरिरहेका छन् ।

बाग्मतीमा ओलीलाई सहयोग गरेका हस्त पण्डितले सचिवबाट हात धुनुपर्‍यो, अध्यक्षबाट कृष्णप्रसाद दाहाललाई नियोजित रूपमा हराइयो । कृष्णभक्त पोखरेललाई उठ नै दिइएन । आनन्द पोखरेलले दाहाललाई हराउन सूची नै बनाउनु पर्‍यो जसको परिणाम दोलखाले एउटा पनि पदाधिकारी जित्न सकेन । केशव पाण्डेलाई बन्धक बनाइयो, उनलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिइयो । 

संस्थापन पक्ष ओलीका दाहिने हात मानिएका गोकुल बास्कोटा र महेश बस्नेतले नवराज सिलवाललाई बोकेर हिँड्नु पर्ने अवस्था आयो । कैलाश ढुङ्गेल हार्नुपर्ने अवस्था आएको भए शङ्कर पोखरेललाई निकै घाटा लाग्छ भन्ने तनावमा रहेका ओलीले जसरी पनि ढुङ्गेललाई जिताउन दबाब दिएका थिए । ओली र पोखरेलसँग रिसाएका बाँस कोटा ओलीकै दबाबमा ढुङ्गेललाई बोक्न बाध्य भएका थिए । 

लुम्बिनीमा ओलीले चाहेका व्यक्तिले हारेपछि बाग्मतीमा भने चार दिन अधिवेशन लम्ब्याएर ढुङ्गेललाई जिताइएको थियो । अहिले कर्णाली र कोशी प्रदेशको अधिवेशन चलिरहेको छ । कर्णालीमा साँझदेखि मतदान हुने भनेपछि अझै टुंगो लाग्न सकेको छैन । वीरेन्द्रनगरमा बुधवारबाट जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने कार्यतालिका भए पनि सहमतिको लागि २ बजेसम्म रोकिएको थियो । त्यसपछि फेरी साँझ ६ बजे मतदान गर्ने निर्वाचन समितिले जानकारी दिए पनि ७ बज्न लाग्दा समेत मतदानको टुङ्गो लाग्न सकेको छैन । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । अन्तिम नामावली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाए पनि निर्वाचनको तयारी भएको छैन । निर्वाचन हुने सिटी हलभित्र रहेका प्रतिनिधि तथा कार्यकर्ताहरूलाई हलको गेटबाट अहिले बाहिर पठाइएको छ । सिटी हलभित्र निर्वाचन समितिले उम्मेदवारहरुसँग छलफल गरिरहेको जनाइएको छ । निर्वाचन हुने भनिए पनि अहिलेसम्म कुनै टुङ्गो छैन । त्यहाँ गुलावजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायले उम्मेदवारी दर्ता गरिरहेका छन् । रोकाय बाहेक शाह र शाही दुवै ओलीलाई साथ दिँदै आएका नेताहरू हुन् । 

शुक्रबार शुरु भएको कोशी प्रदेशको अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको मनोनयनमा अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूबीच सहमति गराउने प्रयास असफल भएपछि उम्मेदवारी दर्ता भएको हो । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् भने खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । खतिवडा र ढकाल दुवैका मोरङका हुन् । उनीहरू दुवै प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा खतिवडा मोरङ १ र ढकाल मोरङ ४ मा पराजित भएका थिए । खतिवडालाई कांग्रेसका डिगबहादुर लिम्बु र ढकाललाई माओवादी केन्द्रका अमनलाल मोदीले हराएका थिए । अहिले ढकाल एमाले केन्द्रीय सदस्य र धनकुटा इन्चार्ज छन् । यसअघि पनि ढकाल र खतिवडा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका पनि प्रतिस्पर्धी थिए । 

त्यस बेला माधवकुमार नेपाल पक्षबाट खतिवडा र केपी ओली पक्षबाट ढकाल उम्मेदवारका रूपमा मैदानमा थिए । त्यति बेला ढकाललाई ओलीले साथ दिएका थिए । तर अहिले ओलीले खतिवडालाई साथ लिएका छन् । माधव नेपालको साथ छोडेर ओलीको पक्षमा आएपछि खतिवडालाई ओलीले साथ लिएका छन् । ढकाल पनि ओली क्याम्पका पुराना नेता हुन तर उनले मोरङको संसदीय निर्वाचनमा बदमासी गरेको भन्दै ओलीले मन नपराएपछि खतिवडालाई साथमा लिएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ