arrow

मनोचिकित्सक डा अधिकारीको ‘सर्भाइवल नोट'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
sahitya.png

काठमाडौँ ।  मनोचिकित्सक डा अनन्त अधिकारीले लेखेको कविता सङ्ग्रह ‘सर्भावल नोट’ सार्वजनिक गरिएको छ । 

आज यहाँ आयोजित कार्यक्रममा लेखक डा अभि सुवेदीले सङ्ग्रहको सार्वजनिक गर्दै कवितामार्फत निराशाबाट आशा देखाउने प्रयास गरिएको बताए । 

उनले अहिले जताततै मानिसहरू निराश भइरहेको अवस्थामा लेखकले कवितामार्फत ती निराशालाई आशामा परिवर्तन गर्न सकिने कुरा उल्लेख गरेका छन् ।

 ‘सुसाइट नोट’ लेखेर मानिसलाई झनै निराशा बनाउने कुरा गर्ने गरेको उल्लेख गर्दै उनले मनोचिकित्सक डा अधिकारीले ‘सुसाइट नोट’को विरुद्ध ‘सर्भावल नोट’ रहेको बताए । 

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अनन्त वाग्लेले पुस्तकले मानिसलाई सकारात्मक सोच ल्याउन परिवर्तन गर्ने बताए । 

उनले युवा पुस्तालाई नेपाली भाषाप्रति अभ्यस्त गराउनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा समालोचक डा गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको हृदयको कुरालाई कवितामार्फत देखाउनु खोजेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ