arrow

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

logo
एएनआई,
प्रकाशित २०८० असोज १३ शनिबार
india-usa-joint-military-exercise-alaska.jpg
तस्बिर : फाइल

अलास्का। अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ। दुई देशबीच जारी युद्धाभ्यास अन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो।

दुवै देशका सेनाले शुक्रवार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो। सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एक अर्काबाट सिक्न सहज हुने, अन्तर सञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन्।

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ। अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ