arrow

मिटर ब्याजी सुनिल पाण्डे विरुद्ध दर्जन उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
birjung-milk-agrilculture-passbook.jpg

वीरगन्ज। कृषि फर्मको नाममा बैङ्कबाट सहुलियत ऋण लिई मिटर ब्याजमा लगानी गरी त्यसको सट्टा ब्ल्याङ्ग चेक लिएर सरोकार बालाहरूलाई बिल्लिबाठ बनाएको घटना सार्वजनिक भएको छ।

जिल्ला पर्सा वडा नं २ सुर्जाहा घर भई हाल वीरगन्ज वडा नं १३ बस्ने सुनिल पाण्डेले दुग्धेश्वरी कृषि तथा पशुपक्षी नामको फर्म दर्ता गराई विभिन्न बैङ्कहरूबाट सहुलियत ऋण लिएर मिटर ब्याजमा ऋण लगानी गरी कैंयो व्यक्तिहरू सँग अनुचित लाभ लिएको विरुद्ध आधा दर्जन मुद्दा जिल्ला प्रशासन कार्यालय पर्सामा परेको छ।

आफ्नो घरायसी कामकाजको लागि स्थायी घर रौतहट भएका र वीरगन्ज वडा नं ११ मा किराना पसल सञ्चालन गरी घर परिवारको भरण पोषण गर्दै आएका दिलीप कुमार साहले सुनिल पाण्डेको फर्मबाट पटक पटक गरी १३ लाख रुपैयाँ कर्जा लिएको र सो बापत चार वटा ब्ल्याङ्ग चेक दिएको उनको श्रीमती इन्दु कुमारी साहको बताइकी छिन्।

आफ्नो पतिलाई पाण्डेले पटक-पटक कुटपिट गर्ने धम्की दिएकोले पाण्डेलाई उपस्थित गराउन उनले जिल्ला प्रहरी कार्यालय पर्सामा गत वैशाख महिनामा निवेदन दिएको पनि बताइन्।

त्यहाँबाट समस्या समाधान नभएपछि ज्येष्ठ महिनाको पाँच गते जिल्ला प्रशासन कार्यालय पर्सामा मिटर ब्याज सम्बन्धी दिलीप साहले उजुरी दिएपछि पाण्डेले जिल्ला प्रहरी कार्यालय रौतहटको तत्कालीन मुद्दा शाखामा कार्यरत विन्देश्वरी यादवलाई नजराना दिएर ज्येष्ठ ८ गते मुद्दा दर्ता गराई अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि रौतहट प्रहरी वीरगन्जमा आई दिलीप लाई पक्राउ गरेर लान खोज्दा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र पर्साका प्रहरी उपरीक्षक कोमल साहको हस्तक्षेपले रौतहट प्रहरीले दिलीपलाई लान पाएन।

यही बिच रौतहटका प्रहरी उपरीक्षक र मुद्दा फाँटको इन्स्पेक्टरको सरुवा भएपछि चलखेल सुरु भयो र जिल्ला प्रशासन कार्यालय पर्सामा आश्विन ११ गते छलफलको लागि मिति तय गरिएको भए पनि आश्विन १० गते नै रौतहटका प्रहरीले दिलीपलाई अपहरण शैलीमा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइ अदालतबाट पाँच दिनको म्याद थप्न सफल भएको छ।

यस सन्दर्भमा सुनिल पाण्डे सँग बुझ्दा आफू सँग ६३ लाखको बाउन्स चेक भए पनि ३१ लाखको बाउन्स चेकमा मुद्दा दिएको बताए। दिलीपको कारणले आफूलाई विभिन्न सहकारी वाला ले डुबाएको बताए। तपाई यहाँको स्थायी बासिन्दा दिलीप पनि परिवार सहित यही बस्ने लेनदेन यहीँ भएको रौतहटमा मुद्दा किन दिएको भनी प्रश्नको जवाफमा पाण्डे दिलीपको स्थायी घर रौतहट भएकोले त्यहाँ मुद्दा दिएको बताए। 

पाण्डे पीडित लेनदेन सङ्घर्ष समिति पर्साका अध्यक्ष हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ