arrow

सलमानको ‘टाइगर ३’ माथि शाहरुखको ‘डंकी’ हावी, एकै वर्ष तीन हजार करोड नघाउने संकेत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
salman-saharukh-movie.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘टाइगर ३'को चर्चाबीच शाहरुख खानले आफ्नो अर्को फिल्मको ट्रेलर छिट्टै रिलिज हुने बताएका छन् । 

शाहरुखको हालै दुई फिल्म ‘जवान’ र ‘पठान’ बाट बलिउड तङ्ग्रिएको छ । दुई फिल्मबाट उनले दुई हजार करोड बढीको कमाइ पनि गरेका छन् । 

उनको क्रेज अझै श्रोताको मन र दिमागबाट हटेको छैन । सोहीबिच शाहरुखको अर्को फिल्मको चर्चा सुरु भएको छ ।

सलमाले केही दिन अघि ‘टाइगर ३’ को टिजर आफ्नो सामाजिक सञ्जाल एकाउण्डमा सार्वजनिक गरेका थिए । 

फिल्म ‘टाइगर ३’ सन् २०२४ को दिपावालीमा हलमा रिलिज हुँदैछ । दुवै फिल्मबीच कुनै टकराब हुने भने छैन । 

 धेरै समय अन्तरमा फिल्म रिलिज हुनेछ । फेरि पनि बलिउडमा शाहरुख हावी हुने नै देखिएको छ । 

 ‘पठान’ र ‘जवान’को बम्पर सफलतापछि शाहरुख आफ्नो ‘डिंकी’ को लागि चर्चामा छन् । सुपरस्टार शाहरुखको यो फिल्मलाई लिएर फ्यानमा निकै क्रेज छ । 

दुई फिल्मको सफलता पछि शाहरुखले पुनः आफूलाई बलिउडमा प्रमाणित पनि गरेका छन् । लामो समयपछि सिनेमामा फर्किएका शाहरुख ‘पठान’को कमाइपछि विगतको चार वर्ष बिर्सेको बताएका थिए । 

पहिले ‘‘पठान’ र त्यसपछि ‘जवान’ मार्फत शाहरुख खानले बलिउडमा २ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेका छन् । अव उनको तेस्रो फिल्म ‘डंकी’ रिलिज हुदैछ । जसले यी दुवैको रेकर्ड तोड्ने बताइएको छ । ती फि्लमबाट एकै वर्ष तीन हजार करोड नघाउने शाहरुखको लक्ष छ । जुन पुरा हुने संकेत देखिएको छ ।   

हालै शाहरुख ले सोसल मिडिया ह्यान्डल ट्विटरमा एसआरके सेसन राखेका थिए। जसमा आगामी फिल्म ‘डंकी’को ट्रेलर रिलिज चाडै हुने बताएका छन् । 

एसआरके सत्र पछि निर्देशक राजकुमार हिरानीले कमेन्टमा अब ट्रेलर देखाउनुपर्छ भनेका छन् । राजकुमार हिरानीको यो कमेन्टमा शाहरुखले प्रतिक्रिया दिँदै छिट्टै थिएटरमा भेटौँला भनेका छन् । 

हिरानी निर्देशित फिल्म ‘डंकी’ २२ डिसेम्बर २०२३ मा सिनेमा घरमा रिलिज हुँदैछ। क्रिसमसको अवसरमा शाहरुख खान ‘डंकी’ मार्फत सिल्भर स्क्रिनमा देखिने भएका छन् । 

 यस फिल्ममा शाहरुखसँग अभिनेत्री तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् ।  हिरानी हिन्दी सिनेमाका सबैभन्दा लोकप्रिय र सफल कथाकारहरूमध्ये एक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ