arrow

छोङछिङमा प्रधानमन्त्री भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
prachanda-china.jpg

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे । 

प्रधानमन्त्री आज चिनियाँ सहर छोङछिङ पुगेका हुन् ।

आज छोङछिङ महानगरपालिकामा उनले सो भेटवार्ता गरेका हुन् । 

वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । 

यसअघि आज छोङछिङ पुग्दा उनलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । 

आजै प्रधानमन्त्रीले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरे । 

सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिएका थिए । 

उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।

उनी आज छोङछिङमा नै रहने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ