arrow

चन्द्रयान-३ सँग टुट्यो सम्पर्क, क्षीण हुँदै ल्यान्डर बिउँतिने सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
chandrayan3-moon.jpg

काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान-३ को ल्यान्डर र प्रज्ञान रोभरसँग सम्पर्क टुटेको छ । 

भारतीय अन्तरिक्ष वैज्ञानिकका अनुसार ल्यान्डर बिउँतिने सम्भावना क्षीण हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । 

इसरोलो विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग उनीहरूको सक्रिय अवस्था पत्ता लगाउन सञ्चार स्थापना गर्ने प्रयास जारी राखेको छ । 

अहिले उनीहरूको तर्फबाट कुनै सङ्केत आएको छैन । तर पनि वैज्ञानिकहरूले सम्पर्क कायम गर्ने प्रयास जारी छ।

चन्द्रमामा रात परेपछि विक्रम नामक ल्यान्डर र भारतीय अन्तरिक्ष निकायको सम्पर्क भङ्ग भएको थियो। 

चन्द्रमामा एक दिन र एक रात दुवै पृथ्वीका १४ दिन बराबर हुन्छन्।

इसरोले सेप्टेम्बर ४ मा ल्यान्डरलाई स्लीप मोडमा राखेको थियो। 

यसअघि सेप्टेम्बर २ मा, रोभरलाई स्लीप मोडमा राखिएको थियो ।

उक्त ल्यान्डर र प्रज्ञान रोभरबाट कुनै सङ्केत प्राप्त हुन नसकेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ