arrow

सरकारलाई ओलीले सोधे- सय किलो सुन ६१ किलो कसरी भयो ? [भिडियो]

गिरीबन्धु टी स्टेटको फाइल खोल्छु भनेर प्रधानमन्त्रीले धम्की दिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
kp-sharma-oli-2080-06-08.jpg

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सय किलो सुन ६१ किलो कसरी भयो भनी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेका छन् । पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले सरकारलाई प्रश्न गरेका हुन् । 

उनले भने,' सय किलो सुन एक महिना पछि ६१ किलो भन्नेमा झर्‍यो । ३९ किलो चाहिँ कहाँ गयो ? साँढे नौ केजी सुनको कारबाही के भयो ? २९४ पल्ट भएका टेलिफोन वार्ता, कुदेर पटक पटक एयरपोर्ट गएका साँठगाँठ । ती कहाँ गए ? सय किलो सुन ६१ कसरी भयो ? म सरकारलाई सोध्न चाहन्छु-सरकारसँग राष्ट्र बैङ्कमा एउटा सुन पगाल्ने मेशिन छ । त्यो भन्दा बढी शक्तिशाली ५ वटा सुन पगाल्ने मेसिन तस्करहरूसँग कसरी भयो ? अनि अर्काले देखाइदिएपछि जाने ?'

 ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको बताए।

यही विषयलाई लिएर प्रधानमन्त्रीले गिरीबन्धु टी स्टेटको फाइल खोल्छु भनेर धम्की दिएको समेत उनले सुनाए । उनले भने,' अस्ति गिरीबन्धु टी स्टेटको फाइल खोल्छु भनेर प्रधानमन्त्रीले भन्नु भयो । मैले भने फाइल खोल्नुस्, गठबन्धनको को-को जानु छ, जेल जानुस् । नेकपा एमालेलाई कुनै फाइल खोले पनि, केही गरे पनि त्यो फाइलसँग नेकपा एमालेलाई कुनै त्रास होइन, नेकपा एमाले फाइल खोल भन्छ सरकारलाई । फाइल खोल, कारबाही गर ।'

 प्रमुख दलबीच सुन तस्करीको घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने सहमति भए पनि कार्यक्षेत्रमा विवाद कायम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ