- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको छ । एक दिवसीय सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो ।
जितसँगै भारतले ती खेलको शृङ्खलामा २-० को अग्रता लिएको छ ।
इन्दौरको होल्कर स्टेडियममा भारतीय टोलीले आफ्नो अपराजित कीर्तिमान कायम राखेको छ । यस मैदानमा भारतीय टोलीको यो लगातार सातौँ जित हो। टोलीले यहाँ ७ खेल मात्र खेलेको छ ।
आइतबार अष्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९९ रन बनाएको थियो ।
४ सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले वर्षाका कारण डकवर्थ लुइस माथार्ड अनुसार ३३ ओभरमा ३१७ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलिया २८.२ ओभरमा २१७ रन बनाएर अलआउट भएको थियो ।