arrow

ओलीको कटाक्ष - पहिले रक्त चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
kp-oli-gold.JPG

काठमाडौं ।  केरुङ भन्सारबाट आउने ट्रकहरूमा सुन बोकिने गरेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिने गरेको बताए 

स्वर्ण युगको झल्को दिने गरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।  

सुन तस्करी प्रकरण चलाउनेहरू आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ