arrow

अमेरिकी प्रतिनिधिमण्डल आर्मेनियाको राजधानीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
armenia-ajairbaijan.jpg

काठमाडौं ।  अजरबैजानले विवादित नागोर्नो–काराबाखमा आफ्नो नियन्त्रण कायम भएको दाबी गरेपछि अमेरिकी संसद्को प्रतिनिधिमण्डल आर्मेनियाको राजधानी येरेभान पुगेको छ ।

येरेभानस्थित अमेरिकी दूतावासका अनुसार सांसदहरूको समूहले प्रधानमन्त्री निकोल पाशिन्यान र केही अन्य अधिकारीहरूसँग अमेरिका–आर्मेनिया सम्बन्ध र नागोर्नो–काराबाखमा अजरबैजानले हालै गरेको सैन्य कारबाहीको प्रभावबारे छलफल गर्नेछ ।

प्रधानमन्त्री पशिन्यानसविरुद्धको विरोधप्रदर्शन बढिरहेका बेला भएको अमेरिकी नेताहरूको यो भ्रमणलाई अजरवैजानले सन्देहपूर्ण ढङ्गले नियाली रहेको छ   । तीन वर्षअघि अजरबैजानले पहिलो पटक नागोर्नो–काराबाखको ठूलो भूभाग कब्जा गर्दा आर्मेनियाको नेतृत्व पशिन्यानले गरेका थिए । संसद्को आगामी अधिवेशनमा पाशिन्यानविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ ।

अजरबैजानका सैनिक नागोर्नो–काराबाखको पृथकतावादी किल्ला स्टेपानाकर्टको नजिक डेरा जमाएर बसेपछि त्यहाँका भयभीत बासिन्दा आफ्नो घरको सबैभन्दा तल्लो भाग (जमिनमुनि) लुक्न बाध्य भएका विद्रोही समूहका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका थिए । त्यहाँ दुई सय जनाभन्दा बढी मारिएका दाबी उनले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ