arrow

एमाले गर्‍यो झण्डासँग सेल्फी कार्यक्रम [भिडियो]

ओलीले भने- गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
uml-sambidhan-diwas.jpg

काठमाडौं ।  नेकपा एमालेले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नक्शालको नारायण चौरमा गरिएको थियो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताए ।

 उनले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताए । उनले सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु सरकारले गर्नु नहुने बताए । उनले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताए । 

उनले उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरु देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे । उनले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्या‍उने प्रवृत्ति, क्षेत्रिय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ