arrow

सबै दल नमिले धेरै प्रकारका खतराहरूबाट हामी जेलिँदै छौँ – केपी ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
kp-sharma-oli-2080-09.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै दल नमिले धेरै प्रकारका खतराहरूबाट जेलिने बताएका छन् ।  पार्टी मुख्यालयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको  स्मरणमा आयोजित  कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 

ओलीले  धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको बताए । ओलीले  भने, ‘ आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्रभने धरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौं । त्यो गम्भीर परिस्थिति छ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ ।' 

उनले  नेम्वाङको योगदानको र उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले भने,' सुवास नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्‍यो, जसले संविधान निर्माणको अगुवाइ गर्‍यो, उहाँ त हुनुहुन्न । अब अरु त छौँ नि संविधान निर्माण गर्नेहरू । उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै ती उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ