ओलीको आरोप- सरकारले खसी, बोका चोरी पैठारी हुँदा समेत केही गर्न सकेन
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
537
Shares
काठमाडौं । सरकारले खसी, बोका चोरी पैठारी हुँदा समेत केही नसकेको आरोप अध्यक्ष केपी शर्मा ओलीले सरकारले लगाएका छन् । च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले खसी, बोकालगायतका वस्तुहरू चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको समेत बताए।
ओलीले भजे, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरू बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठ्दैन ? त्यतापट्टि म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरू सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए ।
अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।