arrow

सुनको भाउ बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि  आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ