arrow

प्रसंग अवैध सुन प्रकरण 

ओलीले सोधे- बाउ छोराको के भयो ?

चिलतिर देखाउने, यता कुखुरा उडाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
kp-sharma-oli-uml.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करीमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराको अनुसन्धान के भयो भनी सोधेका छन् ।  आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोल्दै उनले सुन तस्करीमा सरकारले उद्योग नै चलाएको आरोप लगाए।

उनले महरा बाबुछोराप्रति सङ्केत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने,' साढे नौ केजी सुन पक्राउ पर्‍यो । त्यो कहाँ गयो, के भयो, अत्तोपत्तो छैन । र, बजारले त्यसलाई सामान्य रूपमा लिएको छ । नेपाली समाजले साढे नौ केजी सुन भन्सारमा पक्राउ पर्‍यो । त्यो अलपत्र, अलपत्र छ । को को का बाउ छोरा के, के भयो रे । २९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो । यो छोड देऊ । यसो यसो भनेको पाइयो । तर पनि केही हुँदैन ।' 

 उनले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको बताए । उनले थपे,' जब हाउसमा पशुपतिमा सुन चढाएर भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । त्यति बेरै मैले केही हुँदैछ कि । पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको ? एयरपोटबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिने लगाउने । यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरू राज्यबाट भइराखेको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ