arrow

फिफा वेस्ट अवार्डमा मेस्सी र एमबाप्पे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
messi-mbappe.jpg
तस्बिर – फाइल ।

काठमाडौं । फिफा वेस्ट अवार्ड अर्थात् फिफाको वर्ष खेलाडीको पुरुषतर्फको मनोनयन सार्वजनिक भएको छ । सो मनोनयनमा दुई पटकका अवार्ड विजेता अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी र फ्रेन्च खेलाडी केलियन एमबाप्पे परेका छन् । 

यस्तै म्यानचेस्टर सिटीलाई ट्रेबल उपाधि जिताएका ६ खेलाडी मनोनयनमा परेका छन् । जसमा एर्लिङ हालान्डदेखि जुलियन अल्भारेज, केभिन डि ब्रुइन, इलके गुन्डोगोन, रोड्री र बर्नान्डो सिल्भा रहेका छन् । 

प्रारम्भिक १२ जनाको सूचीमा इङ्ल्याण्डका डेक्लान राइससमेत परेका छन् ।

यो मनोनयनमा पूर्व विजेता पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो भने परेका छैनन् । 

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् । उनले टोटनह्याम तथा सेल्टिकका पूर्व प्रशिक्षक एन्ज पोस्टेकोग्लू सहित अन्य तीन जना प्रशिक्षकसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै गोलकिपरतर्फ म्यानचेस्टर सिटीका इडर्सन मनोनयनमा परेका छन् भने म्यानचेस्टर युनाइटेडमा भर्खरै जोडिएका आन्द्रे ओनानासमेत समेटिएका छन् ।

राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा प्रारम्भिक सूचि सार्वजनिक गरिएको हो ।

मेस्सी फेरि पनि प्रमुख दाबेदार हुन् । तर एमबाप्पे पनि प्रतिस्पर्धामा मेस्सीलाई टक्कर दिन सक्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ