arrow

अमेरिका उड्नुअघि राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए भ्रमणबारे जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
ramchandra-poudel-prachanda-2080-05-30.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न साँझा अमेरिका जानुअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन शितल निवास पुगेका थिए । 

सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागीता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै सो भेटघाटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्यूयोर्क, अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपतिलाई भेटेका हुन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसपछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ