arrow

अमेरिका र चीन भ्रमणबारे प्रचण्डले गराए संसदलाई जानकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
prachanda-parliament-2080-05-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीनको भ्रमण बारेमा प्रतिनिधि सभाको बैठकमा जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने विषयसमेत उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन् । 

समय लिएर प्रचण्डले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर यी देशका साझा समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गर्ने बताए ।

उनले ४७ देशको अध्यक्षता गर्न पाउनु इतिहासको विशेष कालखण्डमा आउने दुर्लभ अवसर भएको पनि जानकारी दिए । 

उनले महासभामा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास तथा समुन्नत नेपाल निर्माणको प्रयासलाई आफूले मुखरित गर्ने बताए । 

प्रचण्ड शनिबार न्यूयोर्क जाँदैछन् । उनले असोज ४ गते ७८औँ महासभालाई सम्बोधन गर्नेछन् । 

ब्यापक आलोचनापछि उनी सानो आकारको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार जान लागेका हुन् । 

प्रचण्ड अमेरिकाबाटै चीन जानेछन् । चीनको भ्रमणसमेत सकेरमात्र प्रचण्ड स्वदेश फर्कने छन् । 

अबको प्रतिनिधि सभा बैठक असोज १४ गते बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ