arrow

आजलाई तय भएको प्रदेशसभा बैठक सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
parliament-bagmati-province.jpg

मकवानपुर। बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११:०० बजे बस्ने छ । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ